धादिङ
जिल्ला कृषि विकास कार्यलय धादिङको टोल फ्रि नम्बर अहिले प्रयोगविहिन भएको छ ।
किसानहरुलाई प्रत्यक्ष जिल्ला कृषि विकास कार्यालयको सम्र्पकमा रहन सजिलो होस भन्ने उद्देश्यले राखिएको १६६०१०५२४१९ नम्बरको टोल फ्रि नम्वर केही समय यता प्रयोग हुन छोडेको हो ।
कर्मचारीहरु फिल्डमा गएको बेला भेट नहुने भएकोले किसानहरुले कार्यालयका कर्मचारीहरुको मोबाइलमा नै सम्र्पक गर्ने भएकाले पनि प्रयोगमा नआएको हो । किसानहरुले टोल फ्रि नम्बरमा फोन गर्दा भनेको व्यक्तिलाई नभेट्ने भएकाले र विग्रेको बेलामा मर्मतको लागि समस्या हुने भएकोले टोल फ्रि नम्वर प्रयोगविहिन भएको हो ।अहिले दिनमा १२ वटा मात्र फोन आउने गरेको जिल्ला कृषि विकास कार्यलय धादिङले जानकारी दिएको छ ।
ग्रामिण क्षेत्रमा फोन सेवा पुगेपछि किसानहरुले आफुहरुलाई परेको समस्याको बारेमा कर्मचारीहरुसंग सम्पर्क गरी समस्या समाधान गर्ने गरेका थिए । सुरु सुरुका दिनहरुमा किसानहरुले कार्यालयको टोल फ्रि नम्बरमा नै फोन गरेर आफ्ना समस्या तथा खेती गर्ने मौसम अनुसारका जिज्ञासाहरु बढी मात्रामा राख्ने गरे पनि अहिले फोन नै नआउने गरेको कृषि विकास कार्यलय धादिङको भनाई छ । किसानहरुले विभिन्न मौसम अनुसारका खेतीपाती गर्ने तरिकाहरु तथा समस्याका समाधानका उपायहरुका बारेमा किसानहरुले टोल फ्रि नम्बर मार्फत बढी जिज्ञासा राख्ने गरेका थिए ।
हरेक हप्ताको आईतबारदेखि विहिबार सम्म विहान १० बजेदेखि बेलुका ४ बजेसम्म र हरेक हप्ताको शुक्रबार विहान १० बजे देखि दिउसो १ बजेसम्म किसानहरुका समस्या तथा जिज्ञासालाई सजिलो होस् भन्ने उद्देश्यले कृषि विकास कार्यलयले टोल फ्रि नम्बर प्रयोगमा ल्याएका थिए ।