Thu. Jun 13th, 2024

खानेपानीको विषयमा झगडा हुदाँ दुइजना घाईते

घाईते विवेक घले र सूर्य श्रेष्ठ
घाईते विवेक घले र सूर्य श्रेष्ठ

धादिङ
धादिङको गजुरी गाउँ विकास समिति वडा नम्बर १ सोतीखोलामा खानेपानीको विषयलाई लिएर भएको झगडामा दुई जना घाइते भएका छन् ।

सोतीखोलाका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको धारोको विषयलाई लिएर विवाद बढ्दै गएपछि विवाद सुल्झाउन आइतबार छलफल हुँदै गर्दा दुई पक्षबीच झगडा भएको हो । झगडामा सोतीखोला निवासी विवेक घले र सिन्धुली घर भई हाल काठमाण्डौ बस्दै आउनुभएका सूर्य श्रेष्ठ घाइते भएका छन् । घाइते दुबै जनाको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

धारोको पानी प्रयोग गर्दै आएका विवेक र छिमेकी पम्फा लामाबीच भएको विवाद मिलाउन स्थानीय आमा समूहले बोलाएको छलफलमा पम्फाले बाहिरको मान्छे बोलाएर कुटपिट गराएको विवेकका आफन्तहरुले आरोप लगाएका छन् । एक्कासी भित्रबाट निस्किएर चिर्पट लिएर आक्रमण गरेको विवेकको आरोप छ । पम्फा पक्षकाले भने विवेकका ज्वाईले पम्फाको छोरालाई कुट्न खोजेपछि आक्रमणमा उत्रिएको बताएका छन् । विवेक र पम्फाबीच यस अघिदेखि नै विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् ।

घाइते दुवैको गजुरी अस्पतालमा उपचार पछि विवेकलाई थप उपचारको लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरिक्षक लक्ष्मण पाठकले बताए । घटनामा संलग्न सुर्य सहित पम्फा पक्षका तीनजना र विवेक पक्षका एक जनालाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ ।

 

About The Author

Loading...

अन्य समाचारहरु: