Sun. Apr 28th, 2024

घाँस खेतीमा अत्मनिर्भर बन्दै धादिङ मुलपानीका स्थानीय

रविना पौडेल / ९ चैत,  धादिङ –

 

 

पहिले चितवन, नवलपरासी लगायतका जिल्लाबाट उन्नत जातको घाँसको बिउ ल्याउने धादिङ मुलपानीका किसानहरु हाल आफ्नै गाउँमा घाँसको बिऊ  उत्पादन गर्न थालेका छन् ।

उत्तरी धादिङको मुलपानी गाउँ विकास समितिको खाली जग्गा र सामुदायिक वन अहिले मेन्दोला, भटमासे जस्ता विभिन्न जातका डाले तथा भुईघाँसले भरिएको छ । “अहिले मेरो घरमा २३ वटा बाख्रा छन् ।” प्रगतिशील स्वावलम्बी समूहकी अध्यक्ष कोपीला अधिकारी भन्छिन्ः–“दिन भरी समाज सेवाको काम गर्छु, तर पनि म ढुक्क छु । वारीको डिलमा टन्न घाँस छ । त्यही घाँस काट्छु र बाख्रालाई खुवाउँछु ।

अहिले उनलाई घाँस काट्न जान अलगै समय छुट्याउनु पर्दैन । यस अघि बारीमा थोरै स्थानीय जातका डाले घाँसहरु थिए । अहिले एक छेउबाट काट्दै गयो अर्को छेउबाट पलाउँछ । अधिकारीको अनुसार पुर्याइ–पुर्याइ  हिउँदमा वस्तुहरुलाई घाँस खुवाउनु पथ्र्यो तर अहिले टन्न खुवाउन पाएकी छिन् ।

त्यस्तै मुलपानी– ३ कोपिला स्वावलम्बी समुहकी सदस्य शोभा बस्नेत पनि घर वरिपरिको घाँस देख्दा दङ्ग छिन् । २ वर्ष पहिला डाले र भुई घाँसको अभावमा जङ्गलको सालको स्याउला हालेर बाख्रा  पाल्ने उनी अहिले आफ्नो पखेरा बारीमा अन्न बाली लगाउँनै छाडेर १० रोपनी जग्गामा मेन्दोला, भटमासे, इपिलिपि जातको घाँसहरु हुर्काएर व्यावसायीक रुपमा वाख्रा पाल्न सुरु गरेकी छिन् । अहिले उनको घरमा ३५ वटा बाख्रा छन् । गाउँमाको कोही नयाँमान्छे जाने बित्तीकै आफ्नो बारीको घाँस हेर्न जाउ भन्दै घुमाउने गरेको उनको भनाई छ ।

उनीहरुमात्र होइन मुलपानी गाविसका ७ सय २५ जना महिलाहरु यति बेला सम्म उनीहले आफै घाँसको बिउ उत्पादन गर्न थालेका छन् ।
सहयात्री समाजकी कार्यक्रम संयोजक अम्विका रुपाखेतीको अनुसार  म्ुालपानी गाविसमा २०७१ साल देखि हेफर इन्टरनेशनल र मुलपानी गा.वि.स.को सहयोगमा सहयात्री समाज नेपालले सानाकिसान उद्यम सवलिकरण परियोजना संचालनमा ल्याएको हो । हेफरले यहाँ २ वर्ष अघि २ कुइन्टल मेन्दोला, १ कुइन्टल भटमासे, ३५ हजार किम्बु र जिल्ला भूसंरक्षण कार्यलयले टाँकी, बकाइनो, इपिल गरी ५ लाख बराबर रकमको घाँसको बिउँ ३१ बटा स्वावलम्बि समूहहरु  वितरण गरिएको थियो ।

यस्तै धादिङ जिल्लाको केवलपुर, मुरलीभञ्याङ, चैनपुरमा पनि हेफर इन्टरनेशनलले विभिन्न एन्जियोहरु माफत् बाख्रा र व्यडबोका उपहार प्रदान, बाख्रा पालन सम्वन्धी तालिम, नाम्ले जुगा विरुद्धको औषधी, पि पि आर विरुद्घको भ्यानसीन्, खोर गोेठ निमार्ण जस्ता कार्यहरुमा गर्दै आएको छ ।

२०७३ चैत ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: