Sat. Jul 20th, 2019

पत्रकार सिलवाल विकास पत्रकारीताबाट सम्मानित

1

२६ माघ, धादिङ
पत्रकार शीव सिलवाल विकास पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन् ।

जिल्ला विकास समिति धादिङले आयोजना गरेको २२ औँ जिल्ला परिषद्बाट स्वीकृत आंव. २०७२/०७३ को नीति , योजना तथा कार्यक्रम बजेट सार्वजनिकीकरण कार्यक्रममा पत्रकार सिलवाल सम्मनित भएका हुन् । सम्मानसँगै सिलवाललाई नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । पत्रकार महासंघ जिल्ला शाखा धादिङको भवन निर्माण समितिको सदस्य समेत रहेका पत्रकार सिलवालले पुरस्कारबाट प्राप्त गरेको नगद रकम महासंघको भवन निर्माणका लागि प्रदान गरिएको छ ।

धादिङ जिल्लामा रहेर वि.स. २०५४ सालदेखि नयाँमोर्चा साप्ताहिकबाट पत्रकारीता सुरु गरेका पत्रकार सिलवाल हाल नेपाल टेलिभिजनको धादिङ संवाददाता हुन् ।

जिल्ला विकास समिति धादिङले दुईवर्ष अघि घोषणा गरेको विकास पत्रकारीता पुरस्कार यसभन्दा अघिल्लो वर्ष नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष सीतारामप्रसाद बर्माले प्राप्त गरेको थियो । यसैगरी गत शैक्षिक सत्रमा एस एल सी परीक्षमा सत प्रतिशत विद्यार्थी उतीर्ण गराउने चारवटा सामुदायिक विद्यालयलाई पनि सम्मान गरेको छ ।

सम्मानीत हुने विद्यालयहरुमा र्शकादेवि माध्यमिक विद्यालय खाल्टे, सुनौलोभैरवी माध्यमिक विद्यालय निलकण्ठ नगरपालिका ७, भुवनेश्वरी माध्यमिक विद्यालय चैनपुर र वालादेवि माध्यमिक विद्यालय खरीलाई नगर ५० अजार रुपैयासहित प्रशंसा पत्र प्रदान गरिएको थियो । एशियाड खेलकुदको कराँतेतर्फ कास्य पदक विजेता विमला तामाङलाई नगद ५० हजार रुपैया सहित सम्मान गरिएको थियो ।

त्यस्तै वार्षिक कार्यक्रममा उत्कृष्ट हुन सफल पूर्व जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी र पूर्व जनस्वास्थ्य प्रशासक प्रमुख मोहम्मद दाउतलाई समेत सम्मान गरिएको थियो ।

Loading...

अन्य समाचारहरु: