Thu. Jun 13th, 2024

चितवनमा फुड फेष्टिवल आजदेखि

१ फागुन, चितवन 

चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखी नवौ सौराहा फुड फेष्टिवल सुरु हुदैछ ।

प्रत्येक वर्ष प्रेम दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन रेवानले फुडफेष्टिवल आयोजना गर्दै आएको छ । दिउँसो एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी डाक्टर मानवहादुर विकेले फेष्टिवलको उद्घाटन गर्ने कार्यक्रम छ । यो पटक फेष्टिवलको मुख्य आकर्षणको रुपमा प्रेमपत्र लेखन प्रतियागिता रहने आयोजकको विश्वास छ ।

फेष्टिवलमा मःम खाने प्रतियोगिता, वेटर रेस प्रतियोगीता, डोरी तान्ने प्रतियोगीता, पर्यटक रेस प्रतियोगिता, स्लो साइकल प्रतियोगिता, बच्चाहरुबीच चम्चा रेस प्रतियोगिता, महिलाहरुबीच म्यूजिकल चियर प्रतियोगीता, फेन्टा र लस्सी पिउने प्रतियोगीता र पत्रकारहरु वीच घैटौं फुटाउने प्रतियोगिता हुने रेवानले जनाएको छ ।

फेष्टिवलमा ४० लाख खर्च हुने र १ करोड बराबरको आर्थिक कारोबार हुने फेष्टिबलका आर्थिक समिति संयोजक नरेश गिरीले बताए । फुड फेष्टीवलमा परिसरमा आदिवासी जनजातिहरुको खानासंगै अन्य विदेशीखानाहरु समेत गरि ४ वटा विशेष स्टल सहित ८० वटा स्टल राखिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: