Sat. Jul 27th, 2024

त्रिशुलीको तुइनमा अब पुल बन्ने

१ फागुन, धादिङ

अबको ५ बर्ष भित्र त्रिशुली नदीमाथी रहेका सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।

तुइनबाट आवात जावत गर्नुपर्दा दिनहुँ सर्वसाधारणले सास्ती वेहोर्नु परेकोले धादिङ खण्डमा पर्ने त्रिशुली नदिमाथी रहेका तुइन भएको ठाउँमा पुल निर्माण गर्न लागेको हो ।

DSC01427

हरेक वर्ष जस्तो तुइन प्रयोगबाट हुने गरेका दुर्घटना, जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य बालबालिका र व्यवसायिक तरकारी उत्पादक किसानहरुलाई बजारसम्म तरकारी पुर्याउन भइरहेको असुविधा लगायतका समस्याहरुलाई ध्यानमा राखी तुइन विस्तापन गर्न लागिएको जिल्ला विकास समिति धादिङले जनाएको छ । हाल जिर्ण भइसकेका तुइनहरु विस्तावित गरी त्यस स्थानमा झोलुङ्गे पुल निर्माण गर्न लागिएको स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले बताए ।

सलाङ गाविस वडा नम्बर ५ स्थित मजुवाटार र वेनिघाट गाविस वडा नम्बर ९ स्थित मालिङ्गा जोड्ने तुइन, पिडा गाविसको जरे र कुम्पुर गाविस जोड्ने तुइन, बैरेनी गाविसको बेल्खु र कल्लेरी गाविस जोड्ने तुइन, धुषाको चरौदी र गोरखाको घ्याल्चोक जोड्ने तुइनलाई विस्थापन गरी प्राथमिकताका आधारमा झोलुङ्गे पुल निर्माण गरिने स्थानीय विकास अधिकारी तामाङले बताए ।

तुइन विस्थापित गर्ने अभियान अन्तर्गत कुम्पुरको खरमटार र गजुरीको विहानी पम्प जोड्ने त्रिशुली नदी माथी झोलुङ्गे पुल यसै वर्ष निर्माण गर्ने गरी २२ औं जिल्ला परिषद्ले १ करोड २० लाख विनियोजन गरेको छ । पुल निर्माणको लागि स्वीस सरकारले ३० लाख रुपैया सहयोग गर्ने जिल्ला विकास समिति धादिङले जनाएको छ ।

 

Trishuli-River

About The Author

Loading...

अन्य समाचारहरु: