Sat. May 18th, 2024

नेपाली चन्द्र शिवाकोटीलाई १० लाखको चिठ्ठा

chandra-sibakoti
काठमाडौं
अमेरिकाको टेक्सासमा खाद्यन्न स्टोर चलाउँदै आएका नेपाली चन्द्र शिवाकोटीले १० करोड रुपैयाँको चिठ्ठा जितेका छन् ।

टेक्सासमा शिवाकोटीले संचालन गरेको एप्पल ट्री फुडमार्टबाट बिक्रि गरिएको चिठ्ठाले पुरस्कार जितेपछि त्यसको कमिसन स्वरुप उनले सो रकम जितेका हुन् ।

उनको स्टोरबाट बेचिएकामध्ये चार जना बिजेता बनेका थिए । उनीहरुले झण्डै ५ करोड ६४ लाख मेरिकी डलर जितेका छन् । नियमअनुसार त्यसको हिस्साबापत उनले १ मिलियन अमेरिकी डलर अर्थात करिव १० करोड रुपैयाँ पाउने सीएनवीसी टीभीले जनाएको छ ।

चिठ्ठा सञ्चालक टेक्सास लोटरीका अनुसार बिक्रेता स्टोरहरुले सम्बन्धित राज्यमा बिक्रि भएका चिठ्ठा रकममध्ये १ प्रतिशत पाउने प्रावधान अन्तर्गत शिवाकोटीले यो रकम जितेका हुन् । यो चिठ्ठा अमेरिकाकै पाँचौ ठूलो भएको बताइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: