७ बैशाख, धादिङ –
सरकारले म्यादी प्रहरीको तलव भत्ता ५५ दिनको ५१ हजार तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले म्यादी प्रहरीको तलव भत्ता तथा सेवा सुविधा तोकेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पाउने भएका छन् भने पोशाक भत्ताको लागि छुट्टै ७ हजार १ सय रुपैयाँ पाउनेछन् । पोशाक म्यादी प्रहरी आफैंले किन्नु पर्नेछ ।
त्यस्तै चुनावमा खटिँदा सात दिन उनीहरुलाई एकदिन २ सय ५० रुपैयाँका दरले भत्ता उपलब्ध गराइनेछ । चुनावभरीका लागि एकदिनको २ सय ५० रुपैयाँको खाजा खर्च पनि दिइने सरकारले जनाएको छ ।
चुनावका बेला कुनै घटना दुर्घटना भएमा २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । त्यस्तै १ लाख ५० हजारको स्वास्थ्य बिमा पनि गरिएको छ ।
२०७४ बैशाख ७ गते प्रकाशित