Tue. Jan 14th, 2025

धादिङमा ३ हजार लिटर घरेलु मदिरा बरामद

madira copy
७ बैशाख,  धादिङ –

जिल्ला प्रहरी कार्यलय धादिङले सदरमुकाम धादिङबेसी आसपासका क्षेत्रबाट ३ हजार लिटर घरेलु मदिरा बरामद गरेको छ ।

प्रहरी निरीक्षक जनक पुरीको नेतृत्वमा खटिएको टोलीले विहिबार मदिरा बरामद गरेको हो । मदिरासँगै सय वटा रक्सि राख्ने ड्रम र ३९ वटा रक्सि बनाउने भाडा बरामद गरिएको प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय धादिङले जिल्लाको विभिन्न ठाउँमा मदिरा बरामद गर्दै आइरहेको छ ।  अबैध रुपमा उत्पादन गरिने मदिरा विषाक्त हुनुको साथै मदिरा सेवनका कारण गाउंघरमा अपराधका घटनाहरु समेत बढ्ने गरेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउँदै आएको छ ।

२०७४ बैशाख ७ गते प्रकाशित

About The Author