Thu. Jan 16th, 2025

अरुण नदि थुनियो, गाउँ जोखिममा

फाइल फोटो

Arun-Rive
८ वैशाख,  संखुवासभा –

संखुवासभाको भोटखोला गाउँपालिकाको स्याक्सीलामा अरुण नदी थुनिएको छ ।

अरुण नदी थुनिएपछि तीन किलोमिटर बाँध बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताए ।

बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेको छ । त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताए। उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल पुगिसकेको छ । अहिले जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । घटना स्थल सदरमुकाम खादबारीबाट दुई दिनको पैदल दूरीमा पर्छ ।

२०७४ बैशाख ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: