Fri. Mar 29th, 2024

ओखरपौवामा दोस्रो पटक आगलागी

10967897_10203790030296653_658124292_n

विदुर/काठमाडौं
उपत्यकाको फोहोर विसर्जन हुँदै आएको ओखरपौवाको सिसडोल डम्पिन साईडको कवाडी संकलन केन्द्रमा बुधवार राति दोस्रो पटक पुनः आगलागी भएको छ । दुई पटक गरेर झण्डै एक करोडको क्षति भएको स्थानीयबासीहरुले बताएका छन् ।

आगलागीमा परेर तामा, पित्तल, टिन, सिल्भर, गुडिया, प्लास्टिक, कपि किताब, मोवाईल, सिसा, बोतल, बोरा लगायतका ५६ टन भन्दा धेरै कवाडी सामन नष्ट भएको संकलन केन्द्रका प्रकाश बलामीले जानकारी दिए । आगलागीबाट ५६ लाख ६५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रकाश श्याम कवाडी भण्डार र सिस्डोल कवाडी केन्द्रमा आगो लागेको हो । आगलागिबाट देवराज न्यापानेको घर र तीन वटा टहरा नष्ट भएको छ भने लाखौंको कवाडी नष्ट भएको छ ।

यस अघि आगलागी भएको एक साता पनि नवित्दै दुई पटक आगो लागिसकेकाले घटनाको अनुसन्धान गर्नुपर्ने ओखरपौवाका गाविस सचिव हरिप्रसाद दुलालले बताए । फोहोरमैला व्यवस्थापन गर्ने ठाउँमा प्राविधिक रुपमा पूर्ण राम्रो व्यवस्थापन नभएको कारण ठाउँ–ठाउँमा लिचेड र ग्याँस निस्किरहेको छ, उक्त निस्किरहेको ग्याँस र लिचेडमा सलाईको काँत्ति बाल्ने बित्तिकै पेट्रोलियम पदार्थमा झै आगो टिप्ने गरेको स्थानीय सामाजिक अगुवा शमीर बलामीले बताए । घटना लगतै काठमाण्डौं महानगरपालिकालाई खबर गरी आगो नियन्त्रण गर्न जुद्ध बारुद यन्त्रको दमकल बोलाइएपनि स्थानीय राजु फुँयालको भनाई छ ।

About The Author

Loading...

अन्य समाचारहरु: