९ बैशाख, काठमाडौं –
स्थानीय निकायको चुनाव दुई चरणमा गर्ने सरकार र मोर्चाबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको सरकार र आन्दोलनरत मधेसी मोर्चाबीचको वार्तामा स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ ।
वार्तामा संशोधन विधेयकमा गर्ने परिर्माजनमा सहमति जुटाएको छ । तर, प्रक्रियामा सहमति जुट्न बाँकी छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका अनुसार पहिलो चरणको चुनाव बैशाख ३१ मै हुनेछ भने दोस्रो चरणको चुनावमा जेठमा हुनेछ । तर, मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले तय गर्नेछ ।सहमतिसँगै आन्दोलनरत मधेसी मोर्चाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।
२०७४ बैशाख ९ गते प्रकाशित