Thu. Jan 23rd, 2025

निर्वाचन रोक्न खोजे जनताले बढालेर खाडलमा हाल्नेछन् : एमाले नेता नेम्वाङ

dhaidng-ktm
१० बैशाख,  धादिङ –

बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचन कसैले रोक्न खोजे जनताले फोहोर वढालेझै बढालेर खाडलमा हाल्ने पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले बताएका छन् ।

नेकपा एमाले धादिङ काठमाण्डौ सम्पर्क मंचले राजधानी काठमाण्डौमा आयोजना गरेकोे भित्तेपात्रो सार्वजनिकीकरण कार्यक्रममा वोल्दै एमाले नेता नेङ्माङले वैशाख ३१ गतेको निर्वाचनको लागी सवै एक जुट भएर लाग्न आग्रह समेत गरेका छन् । फरक प्रसंगमा वोल्दै उनले केहि शक्तिहरु नेकपा एमालेले ल्याएको विकासको लहर देखेर विखण्डनकारीहरु आत्तियर नेकपा एमालेको विरुद्धमा सवैतिर मोर्चावन्दी गरेको बताए । नेकपा एमाले अहिले ठुलो स्थानमा पुगेको छ । त्यसको रिसले गर्दा सवै दलहरुले मोर्चावन्धी गरेका छन् र त्यसो गर्नु भनेको नेकपा एमालेले राजनैतिक रुपमा जितिसकेको समेत दावी गरेका छन् ।

कार्यक्रममा वोल्दै  नेकपा एमाले पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेले नेकपा एमालेको अगुवाईमा संविधानसभाले संविधान जारी गरेको र यो संविधानले ७० वर्ष सम्मको वजनताको मर्म र भावनालाई कदर गरेको बताए ।  स्थानिय निकायको निर्वाचन नहुने होकी भनेर शंका नगर्न समेत आग्रह गरे । फरक प्रसंगमा व्यङ्ग्य गर्दै पाण्डेले धादिङमा माओवादि केन्द्र र नेपाली कांग्रेसको तालमेल हुनु भनेको ज्यान मान्छेको र टाउको पशुको जस्तो देखिने वुख्याचा जस्तो हुने बताएका थिय ।

कार्यक्रममा नेकपा एमाले नेताहरु प्रा।डा।पुष्प कडेल, खेम लोहोनी गुरु वुर्लाकोटि, एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठि लगायतले नेकपा एमाले धादिङ काठमाण्डौ सम्पर्क मंचले आयोजना गरेकोे नया वर्ष २०७४ सालको शुभकामना व्यक्त गरेका थिए ।

२०७४ बैशाख १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: