Wed. Jan 22nd, 2025

फिस्लिङमा दुईवटा ट्रक ठोक्किदाँ एकको मृत्यु, ६ जना घाईते

accident
१० बैशाख,  धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना गाउँपालिका – ३, फिस्लिङमा आईतबार बिहान  दुईवटा ट्रक आपसमा ठोक्किदाँ एकको मृत्यु भएको छ । भने ६ जना घाईते भएका छन् ।

चितवनबाट काठमाडौँका लागि छुटेको बा २ ख १९५८ नम्बरको ट्रक र  विपरित दिशातिरबाट जाँदै गरेको ना ४ ख ९१९० नम्बरको ट्रक एक आपसमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बा २ ख १९ ५८ नम्बरको ट्रक चालकको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाईतेहरु मध्ये तीन जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने तीन जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको मुग्लिन प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा राखिएको छ ।

२०७४ बैशाख १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: