Sat. Jan 18th, 2025

जोडिन नभ्याउँदै भाँचियो त्रिशुली नदिमाथिको झोलुङ्गे पुलको टावर

pull & trisuli

१० बैशाख,  धादिङ  –

धादिङको बेल्खु नजिक त्रिशुली नदिमाथि निर्माणाधिन झोलुङ्गे पुल आधा काम नसकिदै भाँचिएको छ ।

 बैरेनीको बेल्खु र कल्लेरीको भुत्याहा जोड्ने त्रिशुली नदिमाथि बन्ने सस्पेन्सन पुलको लठ्ठा अड्याउने टावर जोडि नसक्दै भाँचिएको हो । पुलको २५ मिटर अग्लो टावर भाँचिँदा टावरमै काम गरिरहेका ३ जना मजदुर घाइते भएका छन् । घाइते तीनै जनालाई बैरेनीमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

 तुईनलाई झोलुङ्गे पुलमा प्रतिस्थापन गर्ने नेपाल सरकारको कार्यक्रम अन्तर्गत एक सय ५८ दशमलत २० मिटर लामो बेल्खु भुत्याहा पुलको गौरी पार्वती/निलगिरी जेभी कम्पनीले निर्माण सुरु गरेको हो । सस्पेन्सन जग नै कमजोर भएका कारण समस्या आएको सव इन्जिनियर दुर्याेधन रेग्मीले बताए ।  उनले भने ‘यसरी बनेका ५० प्रतिशत पुल ढल्ले गरेको पाईएको छ ।’

   सम्झौता अनुसार आगामी साउन २८ गतेसम्म निर्माण सक्नुपर्ने भएपनि भर्खर टावर ठड्याउने काम हुँदैथियो । निर्माण सुरु भएदेखि पुल तर्ने दिन कुरेर बसेका स्थानीयमा निराशा टावर नै भाँचिएपछि निरास बनेका छन् । अब दुई महिनापछि त तुइनसंग पौठेजोरी खेल्नु नपर्ने आशमा स्थानीय निकै खुसी थिए । बनाएर नभ्याउँदै ठल्यो । ‘बनिसकेपछि ढलेको भए त कस्को ज्यानै लिने रहेछ’ पंञ्कज खतिवडाले निराशा सुनाए ।

    सरकारले जनताको आँखामा छारो लगाउन यस्तो किसिमको कमजोर काम गराएको स्थानीयहरुले गुनासो गरेका छन् । स्थानीय जिवन भुजेलले भन्छन् ‘सरकारी काम सक्ने प्रवृत्तिले कमसल सामान प्रयोग गरेकोले पुल कच्चा बनेको हो ।’

 एक करोड १४ लाखमा निर्माणाधिन पुलको हेल्भेटासले ड्राफ्ट (नक्सा) तयार पारेको हो भने जलप नेपाल चितवनले निर्माण सामाग्री विक्रि गरेको कम्पनीले जनाएको छ ।

२०७४ बैशाख १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: