१० बैशाख, धादिङ –
धादिङबेसीमा महिला हिंसा र बालबिवाह सम्बन्धी कचहरी नाचक प्रदर्शन गरिएको छ । सिविस धादिङले आईतबार धादिङबेसीमा नाटक प्रस्तुत गरेको हो ।
बालबालिका र महिला माथि हुने हिंसालाई अन्त्य गर्ने उद्देश्यले सञ्चालित ३ दिने कचहरी नाटक लेखन तथा प्रदर्शन सम्वन्धि तालिम पश्चात नाटक प्रस्तुत गरिएको सिविस धादिङका अध्यक्ष सम्भु प्रसाद घिमिरेले जानकारी दिए ।
समाजका बालबालिकाहरुमाथि हुने हिंसाको अन्त्य कसरि गर्ने ?, समाजमा बालविवाहको अन्त्य कसरी गर्ने र महिलालाई बेचविखनबाट कसरी जोगाउने भन्ने विषयमा समाजका मानिसहरुमा जनचेतना जगाउने लक्ष्यले जिल्ला बाल कल्याण समितीको समन्वयमा सिविस धादिङले तालिमको आयोजना गरेको हो । तालिममा मानवबेचबिखनसम्बन्धी नाटक प्रदर्शन गरी समापन गरिएको छ ।
तालिममा झार्लाङ, गुम्दी, सल्यानटार, नलाङ र निलकण्ठ नगरपालिकाका २० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । तालिममा आफुले सिकेको कुराहरुलाई व्यवहारमा लागु गरी समाजमा जनचेतना जगाउने सहभागीहरुले बताएका छन् ।
२०७४ बैशख १० गते प्रकाशित