Tue. Jan 14th, 2025

“लोकतन्त्र, जिन्दावाद …..?”

tilak-ghimire
तिलक घिमिरे ‘निर्मल’ –

बझाङ जिल्लाको विकट गाउँमा आमा छोरी बस्थे । आमाको उमेर अनुमान गर्दा ५५–६० र छोरीको ३५–४० वर्षको हुदो हो । तर यनीहरु स्वयम् आफूलाई आफ्नो जन्म मिति र उमेर थाहा थिएन किनकी उनीहरुले पढेका थिएनन् र पात्रो तथा घडी एवं अन्य व्यक्तिहरुसँग उनीहरुको भेट कमै हुन्थ्यो । जंगलको पल्लो कुनामा एक सानो झुपडी थियो उनीहरुको घरको मूलि श्रीमान् स्वर्गेवास भएको पनि छोरी सानै (वामे सार्ने वेलामा) हो रे ।

घरमा आमाछोरी मात्र त्यसमा पनि छोरी अपाङ्ग, वोल्न सक्तैन थिइन न त राम्रोसँग हिड्डुल नै गर्न सक्दथिन् । अपाङ्ग भएकोले विहे पनि भएको रहेनछ । आमालाई पनि दमको रोग । अलि सारो काम ग¥यो कि दम बढेर हुरुक्कै हुने, छोरीले काम त के आफ्नै सरसफाई समेत गर्न नक्ने अवस्था भएकोले त्यस घरमा जति फोहोर सायद अरु ठाउँमा पाइनथ्यो । आमा भारी काम गर्न नसक्ने १ हलका मेलो पाखोवारी, मुस्किलले कोदो, कागुनो जस्ता अन्न २÷४ पाथी फल्थ्यो । साहु माहजन कहाँ गएर बनिबुतो गरी जीवन धान्दथे । साहु महाजनले पनि काम गरे वापत ज्यालाको रुपमा पैसा दिदैनथे । केहि पिठो, कोदो, कागुनो, मकै दिएर पठाउथे ।

जे पाउथे उनी खुसीले ल्याउथिन् । आफ्नो र अपाङ्गता भएकी छोरीको मुखमा माड लगाउथिन् । सायद दशैको दिन कुनै कुनै वर्ष चामलको भात खाएको होला नत्र उनीहरुले मकैको खोलेमा गेडा नुन हालेर फत्काएको खोले नै उनीहरुको रेगुलर डिस थियो । कर्कला र निगोरोको साग बाहेक मुस्किलले अन्य तरकारी त्यो घरको अगेनोमा विट भाचिएको सिलावरको डेम्चीमा पाक्थ्यो । सायद गाउँका ठूला वडाले दया माया लागेर फालिदिएको जडौरी धोती र टालेको  चोलीले उनीहरुले १ शताब्दी पार गरिसकेको हुन्थ्यो । सुदुरपश्चिमको अति नै दुर्गम जिल्ला जसमा पनि अत्यन्तै गरिब यसमा झन् तथाकथित तल्लो जातकालाई माया, दया र सद्भाव राख्नेहरु कमै थिए । तल्लो जातलाई देखियो भने र छोइयो भने त्यस दिनको साइत नै विग्रन्छ । भन्ने त्यस समाजका अन्य माथिल्लो जात भनाउदाहरुको संकुचित मानसिकताले गर्दा उनीहरु प्राय मानिसहरुको नजिक जादैनथे ।

कसै कसै गाई भैसी, बाख्रा विरामी हुँदा चाहि उनको नजिक मानिसहरु आउथे किनकि गाउँका ठुलावडाले उनलाई बोक्सीको उपमा गुथाएका थिए र समय समयमा ति बुढी आमा फुलेर झर्दै गरेका बाँकी कपालले समेत दुःख पाउथ्यो । यी र यस्तै दुःख सँग पैठोजोरी खेल्दा–खेल्दै ती आमा छोरीले काललाई पर्खिरहेका थिए । उनीहरुले कहिले काही विरक्तिएर भगवानलाई सराप्थे र भाव विह्वल हुदै भक्कानिन्थे । र भन्दथे “हे प्रभु किन हामीलाई आफ्नो शरणमा लादैनौ, अझ कति यस्तै दुःखमा तड्पाई तड्पाई माछौं ।” तर उनीहरुको भावना तथा विलौना न अरुले सुन्थे न त भगवान ले नै । अपाङ्ग छोरीको दिशा, पिसाव समेत ओछ्यान मै हुनाले त्यस घरमा १०० मिटर भन्दा टाढा बाट दुर्गन्ध आइरहेको हुन्थ्यो । देशमा के भइरहेको छ । गाउँमा के भइरहेको र के कस्ता परिवर्तन हुदै छन् ती घटना क्रम बारेमा उनीहरुलाई थाहा हुने त परको कुरा राम्रो सँग नेपाली भाषा समेत बोल्न जान्दैनथे । बस् एकोहोरो टोलाएर बस्ने र राजा तथा विष्ट (स्थानीय भाषामा ठूला वडालाई सम्बोधन गरिने पद) हरुले दिएको पिठो, गिठ्ठा, भ्याकुर खाएर आफूले आफैलाई सराप्ने सिवाय उनीहरुको दिनचर्या अरु हुन्नथ्यो ।

एकदिन १ जना दलित अधिकार कर्मी उनको घर गएर उनलाई तल चौतारोमा वोलाए किन कि सो अधिकार कर्मीलाई त्यस घरमा बसेर कुराकानी गर्न गनाउथ्यो । र त तल चौतारोमा बोलाए उनी छोरीको अपाङ्गता परिचय पत्र तथा दुवैको नागरिकता बनाउन सल्लाह दिइयो । अनि नागरिकता बनाउने ठाउँ, जान लाग्ने समय, भेट्ने मान्छे सबै बतायो । उनीहरुले अपाङ्गता परिचय पत्र बनेपछि मासिक रु ५०० भत्ता पाइने समेत जानकारी दिई अधिकार कर्मी आफ्नो बाटो लागे । ती बुढी आमाले रु ५०० रकम त्यस उमेर समम देख्न समेत पाएकी थिइन । घरमा आएर खुशी हुँदै घरानी पानीले छोरी र आफ्नो कपडा भाँडामा बफ्याएर धोइन् । सात दिन पछि घरबाट हिडिन् साहु महाजन कहाँ गएर ढिडो, गुन्द्रुक र थोरै कुभिण्डोको चाना अनि केही खुर्सानी मागी एक साता पछि छोरीलाई लिइएर २ दिनको उकाली ओराली गर्दै अपाङ्ग छोरी त्यसमा आफुलाई दमको रोग बढो मुस्किलले चार हातपाउँ टेक्दै उनी बझाङ सदरमुकाम चैनपुर पुगिन ।

सदरमुकाम पुगे पछि उनलाई अनौठो लाग्यो । किनकि त्यहाँ विजुली बत्ती झलमल्ल थियो । अनि मानिसहरु धेरै देखिन्थ्यो । प्रहरी, सेना थिए । विद्यालय कजेलका पोसाक लगाएर मानिसहरु यताउती हिड्डुल गरिरहेका देखिन्थे । उनले त्यहाँ नागरिकता बनाउने ठाउँ र गा. वि. स को सचिव बस्ने ठाउँ सोधेर पत्ता लगाइन तर दुर्भाग्य अपाङ्गता परिचय पत्र बनाउने कार्यालय र गा. वि. स को सम्र्पक कार्यालय बन्द थियो । उनीहरुले मनभरी बनाएको सपनाको घर सबै डडेलोले पलभरमै खरानी भए, भताभुङग भयो । होटलमा बस्न र रात काट्न उनीहरुसँग साथमा पैसा थिएन त्यसैले उनीहरुले ल्याएको आँटो र बाटा वरपर कान्लातिर गएर खोजी लुँडे, बेथे तथा कर्कलाको सागलाई उही घरबाट ल्याएको विट भाँच्चिएको र डडेको सिलावरको भाँडामा बनाए र १ घरको पेटीमा सुते । उनीहरुको मनमा हिजो सम्म कति हर्ष थियो, कति उमंग थियो तर जब कार्यालय अनिश्चित बन्द भएको थाहा पाएपछि त अब तुरुन्त आउन पनि सम्भव थिएन र अवसर पनि सायदै कम थियो । किनकी २ दिनको रिठ्ठे भिर अनि हिड्न मुस्किल हुने अपाङ्ग छोरी त्यसमा दमको बिरामी, दम बढेर स्वाँ…स्वाँ…हुने हुनाले उनीहरुको मन साह्रै कुँडिएको थियो । मनमा खिन्नता अनि आँखा भरी आँसू लिएर उनिहरु के पल्टिएका मात्र थिए, एक हुले मानिसहरु हातमा राँको बालेर कराउँदै आए । उनीहरुले के के भनेर माइकमा फलाक्दै थिए, त्यो त ति बुढी आमाले बुझिनन् ।

त्यस भिडमा विभिन्न खाले झण्डा फरफराएका थिए । माइकमा एक जनाले कराउँथ्यो अरुको पनि एकै स्वरमा चिच्याउँथे । ति आमा छोरी बडो अचम्म मानेर उठेर सडकको डिलमा गएर यि सबै  हेरिरहेका थिए । उनीहरुले के के बर्बराउँथे, त्यो सबै त उनीहरुले बुझेनन् तर कहिले काही “यो जीत कसको, जनताको”, भनेर कराउँथे ती बुुढी आमाले के हो बाबु साहेप भनेर एक जनालाई सोधिन् । उनको आज राजाले देशमा गद्दी छोडेको र लोकतन्त्र आएको दिनको खुसीयालीमा सदरमुकाममा राँको जुलुस निकालेको र खुसीयाली मनाएको हो र जुलुस पश्चात एक आपसमा खुसी साटासाट गर्दै कोणसभा गरिरहेको बताए । उनले त्यस मानिसले  भनेको पूरै नबुझे पनि  यो जित कसको, जनताको, लोकतन्त्रको, जिन्दावाद भनेको चाँहि बुझिन् । र हेरिरहिन् त्यो कोण सभाको रमिता ।

कोण सभामा बोल्ने चर्का चर्का स्वरमा अब देश लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको छ । अब सबैले आफ्नो अधिकार पाउनेछन् । अब देश विदेशी  प्रतिक्रियावादीको दिन गयो, अब मूलुकमा संविधानसभाको चुनाव हुनेछ आदि इत्यादि फलाक्थे र बीचमा परर्र ताली बज्थ्यो ।  उनले सोचिन साह्रै ठूलो पर्व नै हो । कोणसभा सकिन लाग्दा एक जनाले हातमा बोकेको राँको फालिदियो । त्यो राँको उनीहरुले सामान, लत्ताकपडा, भाँडाकुडा पोको पारेर राखेको गुण्टोमा परेछ र त्यो एकैछिन मा डढेर नष्ट भयो । कोणसभा सकियो, मानिसहरु आ–आफ्ना घरतिर गए । मूलुकले लोकतन्त्रात्मक शासन व्यवस्था पाएको दिन सारा देश उल्लासमय थियो तर आमाछोरी भने भक्कानीरहेका थिए ।

२०७४ बैशाख ११ गते प्रकाशित

About The Author