११ बैशाख, धादिङ –
आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै आर्सनलले फाइनलमा स्थान बनाएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६२ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै म्यानचेस्टर सिटीलाई सुरुवाति अग्रता दिलाए । तर ७१ औं मिनेटमा नाचो मोनरियलले आर्सनलका लागि बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको समयमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो । १०१ औं मिनेटमा एलेक्स सान्चेजले गोल गर्दै आर्सनललाई जित दिलाए र फाइनलमा पुर्याए । सान्चेजले मेसुट ओजिलको फ्रि–किकमा गोल गरेका हुन् ।
२० औं पटक एफए कपको फाइनलमा पुगेको आर्सनलले उपाधिका लागि चेल्सीसँग खेल्ने छ । चेल्सी यसअघि नै टोटनह्यामलाई हराउँदै फाइनलमा पुगको छ । फाइनल खेल आउँदो मे २७ मा हुनेछ । आर्सन वेङ्गरको टिम आर्सनलले अहिलेसम्म ६ पटक एफए कपको उपाधि जितेको छ । यो पटक पनि उपाधि जितेमा आर्सनल धेरै पटक एफए कपको उपाधि जित्ने टिम बन्ने छ ।
२०७४ बैशाख ११ गते प्रकाशित