Mon. Apr 29th, 2024

गायक खेमजी रानाको नेपाली मौलिक लोकदोहोरी गीत ‘नाँच्ने हात समाउँदै’

khemje

११ बैशाख,  धादिङ –

 

 

धादिङका गायक खेमजी रानाको नेपाली मौलिक लोकदोहोरी गी नाँच्ने हात समाउँदै बजारमा आएको छ ।
निर्भाना कला केन्द्रले बजारमा ल्याएको हो । नेपाली मौलिक लोकभाकामा आधारित रहेको यस गीतको भिडियो अत्यन्त कलात्मक एवं सिर्जनात्मक रहेको छ । गीतमा खेमजी राना, मुना थापा मगर र खुश्बु बिन्दा मगरले आफनो सुमधुर स्वर भरेका छन् । लय तथा शब्द खेमजी रानाकै रहेको छ भने एरेन्ज सागर बिरहीले गरेका छन् ।

निर्भना कला केन्द्रले उत्पादन तथा वितरण कार्य गरेको गीत मारुनी डिजिटल स्टुडियोमा रेर्कडिङ गरिएको हो । मनाङ गुरुङ र रिना थापा मगरले गीतमा दमदार अभिनय गरेका छन् भने नवराज उप्रेतीले गीतको छायाँकन गरेका हुन् ।

त्यसैगरी गीतको सम्पादन बिष्णुहरी तिमल्सिनाले गरेका छन् । भिडियो निर्देशन मनाङ गुरुङले नै गरेका हुन् । रानाले यस अघिपनि धेरै गीतहरु बजारमा ल्याएका छन् ।

२०७४ बैशाख ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: