Thu. Jan 23rd, 2025

थाक्रेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

thakre
११ बैशाख,  धादिङ –

धादिङको थाक्रे गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको छ ।

थाक्रे गाउँपालिकाका निर्वाचन अधिकृत महेन्द्रराज काफ्लेले सोमबार एक कार्यक्रमकाबीच कार्यलय स्थापना गरेका हुन् ।

कार्यलय स्थापना भएपछि  निर्वाचन सम्बन्धी सम्पूर्ण काम प्रत्येक स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यलयबाट हुने र  समन्वयको काम मात्रै जिल्ला निर्वाचन कार्यलयले गर्ने बताइएको छ ।

जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यलय यस अघि नै निर्वाचन कार्यलय स्थापना भइसकेको छ ।

धादिङका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिसकिएको छ  । मंगलबारसम्म सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिने जानकारी गराइएको छ ।

नयाँ संरचना अनुसार धादिङ जिल्लामा २ नगरपालिका र ११ वटा गाउँपालिका रहेको छन् ।

कार्यक्रममा थाक्रे गाउँपालिकाका कार्यकारी अधिकृत तथा सहायक निर्वाचन अधिकृत युवराज अर्याल, जिल्ला समन्वय समिति धादिङका सूचना अधिकृत भोला गौतम, गाउँपालिकाका पार्टी प्रमुख तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।

त्यस्तै बेनिघाटरोराङ गाउँपालिकामा पनि कार्यलय स्थापना गरिएको छ । बेनिघाटरोराङ गाउँपालिका निर्वाचन अधिकृत यदुनाथ शर्माले एक कार्यक्रमकाबीच स्थापना गरेका हुन् ।

२०७४ बैशाख ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: