Thu. Jan 23rd, 2025

भूकम्पको दुई वर्ष : धादिङमा पुननिर्माणको अवस्था यस्तो छ

ghr
१२ बैशाख,  धादिङ  –

विनाशकारी भूकम्प गएको पनि आज दुई वर्ष भएको छ । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा नौ हजारमा मानिसहरुको मृत्यु तथा २२ हजार भन्दा बढी घाईते भएका थिए । भूकम्पले कतिका बस्ने घर नै तहसनहस पारे त कसैलाई आफ्नो थाकथलो छोड्नु पर्ने बाध्यता भयो ।

भूकम्पपछि सरकारले तत्कार घाईतेहरुको उद्धार तथा राहतका कार्यहरु संचालन गरे । अहिले भुकम्पवाट क्षतिग्रष्त निजी आवास निर्माणका लागि अनुदान वितरणको कार्य भईरहेको छ ।

धादिङ जिल्लामा कुल लाभग्राही संख्या ७० हजार ५ सय ८१ रहेकोमा गुनासो फछ्र्यौटको क्रममा थप २ हजार ५ सय ११ घरधुरी सहित कूल ७३ हजार ३ सय ६३ कायम भएको जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ ।

पहिलो चरणमा लाभग्राही सूचीमा कायम भएको ७० हजार ५ सय ८१ जना मध्ये हालसम्म ६४हजार ७ सय २४ जनाले मात्र अनुदान सम्झौता गरेका छन् भने गुनासो फछ्र्यौट भई कायम भएका लाभग्राहीसंग भर्खरै मात्र सम्झौता आरम्भ भएको छ ।

सम्झौता भएका लाभग्राही मध्ये ६३ हजार ४ सय ९२ जनाले पहिलो किस्ता रकम प्राप्त गरिसकेका छन् भने बाँकी १ हजार ८ सय ३४ जनाको विभिन्न विवरणमा भएको त्रुटीको कारण त्रुटी सच्याई अनुदान उपलब्ध गराउने कार्य भईरहेको छ ।

अनुदान रकम निकासा भएका मध्ये करिब ९५ प्रतिशतले अनुदान रकम बैकवाट लिइसकेका छन् । लाभग्राहीको मृत्यु भएको, लाभग्राही अन्यन्त्र भएको हकमा हकवाला वा अख्तिार प्राप्त व्यक्तिलाई अनुदान रकम उपलब्ध गराउने व्यवस्था मिलाईएको  छ । यसरी हालसम्म२ सय ५५ जना हकवाला र अख्तियार प्राप्त व्यक्तिलाई रकम भुक्तानी दिने प्रवबन्ध गरिएको समितिले जनाएको छ ।

अहिले जिल्लाको ग्रामीण भेगमा विभिन्न संघसंस्थाहरुको भूकम्प प्रतिरोधी घर निर्माणका कार्यहरु संचालन गरिहरेका छन् भने स्थानीयहरुले पनि सोही अनुसार घर निर्माण कार्य गरिरहेका छन् ।  भूकम्पबाट जिल्लामा ६९ अर्ब भन्दा बढी क्षति पुगेको थियो ।

२०७४ बैशख १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: