Tue. Jan 14th, 2025

प्रधानसेनापति क्षत्रीद्धारा बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक शिलान्यास

Rajendra-Chhetri-Benighat-Aarughat
१२ बैशाख, धादिङ –

बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडकको सोमबार शिलान्यास भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले गोरखा जिल्लामा निर्माणाधीन सो सडकको शिलान्यास गरेका हुन् ।

सरकारले सो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक सरकारको पहिलो प्राथमिकतामा परेको छ ।

त्यसैगरी सोमवारै उनले कास्की जिल्लाको विजयपुरस्थित पश्चिम पृतना हेडक्वार्टर तथा अन्तर्गत कपिलवस्तु जिल्लाको गोरुसिंघेस्थित कालीजंग गणको निरीक्षण भ्रमण गरेका छन् ।

२०७४ बैशाख १२ गते प्रकाशित

About The Author