१२ बैशाख, धादिङ –
धादिङको सिद्धलेक गाउँपालिका ५ चापखोला (साविकको कुम्पुर गाविस ) मा सोराज ट्रक पल्टिदाँ १३ जना घाईते भएका छन् ।
धादिङबेसीबाट सामान बोकेर जाँदै गरेको बा ३ ख ८७८८ नम्बरको ट्रक आफै अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाईते ४ जनालाई काठमाडौँ पठाइएको छ भने अन्यको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।
२०७४ बैशाख १२ गते प्रकाशित