Tue. May 21st, 2024

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

world-radio-day
धादिङ
विश्व रेडियो दिवस नेपाल लगायत विश्वभर नै विभिन्न कार्यक्रम गरी मनाईंदैछ । युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्र्षको फेबु्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसयता हरेक वर्र्ष रेडियो दिवसका अवसरमा विभिन्न कायक्रमहरु गर्ने गरिएको छ ।

रेडियोहरुलाई एउटा माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरुबीचको अन्तर्राराष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोहरुलाई सूचनाको पहँुचलाई बढावा दिनका लागि प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

वि.सं. २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल चैत्र २० गतेदेखि नेपाल रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: