१२ बैशाख, धादिङ –
बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धादिङ जिल्लामा नेपाली काँग्रेस र एकिकृत नेकपा माओवादी केन्द्रले कार्यगत एकता गर्ने भएको छ ।
नेपाली काँग्रेस धादिङका पूर्व सभापति एवम् पूर्व सांसद रामनाथ अधिकारीका अनुसार अहिले तालमेलका विषयमा छलफल चलिरहेको र चाँडै निश्कर्षमा आउने बताएका छन् ।
कुन नगर तथा गाउँपालिकामा कस्ले जिम्मेवारी लिने भन्ने विषयमा माओवादी केन्द्रसँग तालमेल र परामर्श भइरहेको अधिकारीले पाविलन्यूज डटकमलाई जानकारी दिए ।
सहकार्यका विषयमा पविल न्यूज डटकले माओवादी केन्दलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । माओवादी केन्द्रसँगको छलफल अन्तिम चरणमा पुगेसँगै नेकपा एमालेसँग पनि समान दुरीमा छलफल भइरहेको बताईएको छ ।
२ नगरपालिका र ११ वटा गाउँपालिका रहेको धादिङ जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका राजनीतिक दलहरुले चुनावी अभियानलाई तीब्रता दिएको छ ।
२०७४ बैशाख १२ गते प्रकाशित