Thu. Jan 16th, 2025

कृषिमा मनपरी, कार्यविधि मिच्दै ३२८ कर्मचारी विदेश भ्रमणमा

ministry krisi

१४ वैशाख, काठमाडौं – 

कृषि विकास मन्त्रालयका कर्मचारी अन्तर्राष्ट्रि गैरसरकारी संस्था –आइएनजिओ० को खर्चमा विदेश भ्रमण गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्ष ०७३/७४ को चैत मसान्तसम्म ९५ पटक गरी ३ सय २८ कर्मचारी विदेश भ्रमणमा गइसकेका छन् । यस अवधिमा २१ भन्दा बढी देशमा कृषिका कर्मचारी पुगेका छन् ।

कृषिका विभिन्न परियोजनामा लगानी गर्न आएका आइएनजिओले सन्तोषजनक खर्च गर्न नसकेपछि कर्मचारीलाई विदेश घुमाएर रिझाउने सजिलो उपाय अपनाएको सरोकारवालाहरु बताउँछन् ।

सरकारले दुई वर्षअघि संयुक्त राष्ट्र संघबाहेकका आइएनजिओको खर्चमा विदेश जान नपाउने नियम बनाए पनि कृषिका कर्मचारीलाई त्यसले छोएको छैन । नयाँ पत्रिका दैनिक

२०७४ वैशाख १४ गते  प्रकाशित

About The Author

अन्य समाचारहरु: