१६ बैशााख, धादिङ –
धादिङका युवा गायक श्याम शितलले आधुनिक गीत “परदेशी” बजारमा ल्याएका छन् । शितल म्युजिक प्रालिले बजारमा ल्याएको गीतमा श्याम शितलकै शब्द रहेको छ ।
गीतमा हरिकुमार श्रेष्ठ र जेविसा कार्कीको अभिनय रहेको छ । परदेशीको दुख पीडाका बेदना गीतमा प्रस्तुत गरिएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका ४ मा जन्मिएका युवा गायक शितलले लोकदोहरी तथा आधुनिक गीतहरु बजारमा ल्याइसकेका छन् । तिमीलाई सम्झिएर कति रात काटिसके, म त रात बिनाको जुन भएँ लगायतका गीतबाट उनले चर्चा कमाइसकेका छन् ।
हाल उनी जापानमा छन् । जापानमा एक कार्यक्रमको आयोजना गरि गीतको बिमोचन गरिएको छ ।
भिडियो हेर्नुहोस :
२०७४ बैशाख १६ गते प्रकाशित