१६ बैशाख, धादिङ –
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि धादिङ जिल्लामा नेकपा माओवादी केन्द्र धादिङले उम्मेदवार छनोट गरेको छ । दुई वटा नगरपालिका र ११ वटा गाउँपालिका रहेको धादिङमा ज्वालामुखी गाउँपालिका बाहेक अन्य नगरपालिका र गाउँपालिकाहरुमा उम्मेदवारी टुगो लगाएका हुन् ।
सदरमुकाम धादिङबेसीमा शनिबार बसेको बैठकले नीलकण्ठ नगरपालिकामा जिल्ला सहसचिव मनराज भण्डारी शैलेस र धुनीबेसी नगरपालिकामा दिपक लामिछाने सुभोदलाई मेयरको उम्मेदवारी उठाउने माओवादी केन्द्रले जनाएको छ ।
त्यस्तै रुबीभ्याली गाउँपालिकामा रामसिंह तामाङ, खनियाबास गाउँपालिकामा सेकेमान तामाङ, नेत्रावती गाउँपालिकामा ठाकुर गुरुङ, गंगाजमुना गाउँपालिकामा नवराज अधिकारी, त्रिपुरा सुन्दरी गाउँपालिकामा दलबहादुर बुर्लाकोटी, सिद्धलेक गाउँपालिकामा पुष्प थपलिया, बेनिघाट रोराङ गाउँपालिकामा हरि डल्लाकोटी, गजुरी गाउँपालिकामा गणेशलाल श्रेष्ठ, गल्छी गाउँपालिकामा विक्रम तामाङ र थाके्र गाउँपालिकामा जिन्दगी थापालाई उम्मेदवारी उठाउने निर्णय गरेको छ ।
ज्वालामुखी गाउँपालिका तथा अन्य नगर तथा गाउँपालिकाहरुको उपप्रमुख तथा वडा अध्यक्ष, सदस्यहरुको टुंगो आइतबारसम्म लगाइने जिल्ला सहसचिव मनराज भण्डारी शैलेसले जानकारी दिए ।
निर्वाचनका लागि नेपाली काँग्रेस सँग मिलेर अघि बढ्ने छलफल भएतापनि उम्मेदवारीमा विवाद भएपछि एक्लाएक्लै भिड्ने भएका हुन् ।
२०७४ बैशाख १६ गते प्रकाशित