Tue. Jan 14th, 2025

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता

sushila-karki-05-624x420

१७ वैशाख, धादिङ –

प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

सिंहदरबारस्थित संसद सचिवलायमा नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् र २५९ जनाले हस्ताक्षर गरेका छन् ।

‘कार्कीमाथिको पहिलो अभियोग कार्यकारी अधिकारीमाथि हस्तक्षेप गरेको लगाइएको छ । डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय खारेज गरेपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाटै सर्वोच्चको फैसलाले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ठहर गरेको थियो ।

२०७४ बैशाख १७ गते प्रकाशित

About The Author