१७ बैशाख, धादिङ –
उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाएकोमा असन्तुष्टि जनाएका छन् ।
सत्तारुढ नेपाली कांग्रेस र माओवादीले महाअभियोग दर्ता गरे लगत्तै ट्विट गर्दै थापाले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरिन् ।
‘प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस–माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण,’ उनले लेखेका छन्, ‘न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण ।’
२०७४ बैशाख १७ गते प्रकाशित