१८ बैशाख, धादिङ –
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धादिङका सबै स्थानीय तहमा उम्मेदवार छनौट गरेको छ । २ नगरपालिका र ११ गाउँपालिका रहेको धादिङका सबै गाउँपालिका र नगरपालिकामा उम्मेदवारहरु छनौट गरिएको नेकपा एमाले धादिङले जनाएको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिकाको मेयरमा अर्जुन कुमार श्रेष्ठ गोर्खाली र उपमेयरमा गंगादेवी श्रेष्ठलाई छनौट गरेको छ । यसैगरी धुनीबेसी नगरपालिकाको मेयरमा बालकृष्ण आचार्य र उपमेयरमा निरु खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसैगरी रुबीभ्याली गाउँपालिकाको अध्यक्षमा जीवन तामाङ र उपाध्यक्षमा डिलमाया तामाङ, खनियाबास गाउँपालिकाका अध्यक्षमा प्रदिप फ्युवा र उपाध्यक्षमा सुष्मा तामाङ, नेत्रावती गाउँपालिकाको अध्यक्षमा दुर्गाकुमार शाक्य (नारायण) र उपाध्यक्षमा मिना तामाङ, गंगाजमुना गाउँपालिकाको अध्यक्षमा बलबहादुर अधिकारी र उपाध्यक्षमा एञ्जिला तामाङ, त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा शम्भु थापा र उपाध्यक्षमा कृष्णमाया थापा, ज्वालामुखि गाउँपालिकाको अध्यक्षमा रामप्रसाद अधिकारी र उपाध्यक्षमा जानुका सिंखडा, सिद्धलेक गाउँपालिकाको अध्यक्षमा प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मा रहेका छन् ।
त्यस्तै बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा गिरीराज कडेंल र उपाध्यक्षमा मायादेवी शर्मा, गजुरी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र विक्रम बस्नेत र सिता ढुंगाना, गल्छी गाउँपालिकाको अध्यक्षमा कृष्णहरी श्रेष्ठ र उपाध्यक्षमा राधा तिमिल्सिना, थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य र उपाध्यक्षमा अम्बिका रुपाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमाले धादिङका कार्यालय सचिब प्रेमनाथ सिलवालले बताए ।
सबै गाउँपालिका र नगरपालिकामा सर्वसम्मत रुपमा उम्मेद्वार छनौट गरिएको एमालेले जानकारी दिएको छ ।
२०७४ बैशाख १८ गते प्रकाशित