Sat. Jan 18th, 2025

सिद्धलेकमा विपत् र प्रकोपको व्यवस्थापन सम्बन्धी अभिमुखिकरण

icdc-paramarsa

१८ बैशाख,  धादिङ –

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्वर ९ मा विपत् र प्रकोपको व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।

केकेएसको सहयोगमा एकीकृत सामुदायिक विकास अभियान आइसीडिसी नेपालले सामाजिक उद्घारकर्ताहरुको लागिे अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमा समुदायमा विपत र प्रकोपसम्बन्धी जानकारी, विपतपछि समुदायमा पर्ने असर र  यसको ब्यवथापनका बारेमा जानकारी गराइएको थियो ।

यस्तै प्रथामिक उपचारका विधि, दुर्घटनामा परेको विरामीको जटिलताको आधारमा अस्पताल पुयाउन समुदायको भूमिका विषयमा आईसिडिसि धादिङका सहजकर्ता प्रविण घिमिरेले सहजिकरण गरेका थिए ।

२०७४ बैशाख १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: