Thu. Jan 16th, 2025

यस्तो छ नयाँ शक्ति पार्टीको चुनावी घोषणापत्र

Naya-Shakti-Nepal

१८ बैशाख, धादिङ  –

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले स्थानीय तहको चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार प्रतिवद्धतापत्र जारी गरेपछि अब नयाँ शक्ति पार्टी पनि चुनावमा होमिने अब पक्का भएको छ ।

‘अबको निकास, आर्थिक विकास’ ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ जस्ता नाराहरुका साथ पार्टी गठन गरेको नयाँ शक्तिले स्थानीय चुनावमा ‘अरुले गर्छन् कुरा, हामी गर्छौं पूरा’ भन्ने नयाँ नारासमेत तय गरेको छ ।

लगभग एमालेकै जत्रो, अर्थात ५१ पृष्ठको घोषणा पत्रमा नयाँ शक्ति पार्टीले चुनाव चिन्ह चाहिँ मसाल प्रयोग गरेको छ । आँखा चुनाव चिन्ह निर्वाचन आयोगले नदिएपछि नयाँ शक्तिले उपेन्द्र यादवको पार्टीको चुनाव चिन्हबाट निर्वाचन लड्न लागेको हो ।

चुनाव चिन्ह मसालः आवश्यकता र बाध्यता

दलीय चुनाव चिन्हबारे नयाँ शक्ति पार्टीले घोषणापत्रमा भनेको छ( नयाँ शक्ति पार्टीलाई निर्वाचनमा जान रोकेर जनसमुदायबाट कटाउने र एक्ल्याउने जुन प्रयास भयो, त्यो षड्यन्त्रलाई हामीले संघीय समाजवादी फोरम नेपालसँग राजनीतिकरुपमा चुनावी गठबन्धन गर्ने तरिकाबाट चिर्‍यौं । यो गठबन्धनले षड्यन्त्रकारीहरुको जत्थालाई ठूलो झट्का दिएको छ ।’

नयाँशक्ति पार्टीले स्थानीय तहहरु अधिकार सम्पन्न भएको बताएको छ । उसले घोषणापत्रमा भनेको छ( ‘नेपालको संविधान(२०७२ को भाग(१७ मा स्थानीय कार्यपालिका, भाग(१८ मा स्थानीय व्यवस्थापिका र भाग(१९ मा स्थानीय आर्थिक कार्यप्रणालीको व्यवस्था यसरी स्थानीय तहको सरकारको संवैधानिक व्यवस्था गरिएको यो पहिलोपटक हो ।

घोषणापत्रको सुरुमा प्रारम्भ र पार्टी गठनको पृष्ठभूमि दिइएको छ । ०७३ साल जेठ ३० गते रंगशालामा घोषणा गरिएको पार्टी विल्कुल फरक वैचारिक धारको रहेको घोषणापत्रमा दाबी गरिएको छ ।

घोषणापत्रमा नयाँशक्ति नै किन रु शीर्षकमा पार्टी गठनको औचित्यबारे उल्लेख गरिएको छ । यसमा पार्टीले भन्दै आएका पाँच ‘स’ अर्थात सुशासन, सदाचार, स्वाधीनता आदिलाई समेटिएको छ ।

२०७४ बैशाख १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: