१८ बैशाख, धादिङ –
राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकारबाट फिर्ता भएपनि आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सघाउने र पूर्ण रुपमा सहभागी हुने राप्रपाले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको कार्यसम्पादन समिति बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएको विषयमा राप्रपा असन्तुष्ट छ । प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने जनाएको छ ।