१८ बैशाख, धादिङ –
बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारीको टुङगो लगाएको छ । २ नगरपालिका र ११ वटा गाउँपालिकामा उम्मेदवार टुङगो लगाएको नेपाली काँग्रेस धादिङले जनाएको छ ।
नीलकण्ठ नगरपालिकामा भीप्रसाद ढुङगाना, धुनीबेसी नगरपालिकामा माधव पाण्डेलाई मेयरको उम्मेदवारीमा उठाउने निर्णय गरेको छ ।
त्यस्तै रुबीभ्याली गाउँपालिकामा कुल बहादुर गुरुङ, खनियाबास गाउँपालिकामा रणबहादुर तामाङ, नेत्रावती गाउँपालिकामा टेकजंग तामाङ, गंगाजमुना गाउँपालिकामा अक्कल तामाङ, त्रिपुरासुन्दरी गाउँपालिकामा बासुदेव तिमिल्सिनालाई उम्मेदवारी उठाउने निर्णय गरेको छ ।
त्यस्तै ज्वालामुखि गाउँपालिकामा विनोद तिमिल्सिना, सिद्धलेक गाउँपालिकाकामा बद्री अर्याल, बेनिघाट रोराङ गाउँपालिकामा देवीप्रसाद सिलवाल, गजुरी गाउँपालिकामा परशुराम सुवेदी, गल्छी गाउँपालिकामा विनोद कार्की, थाक्रे गाउँपालिकामा श्याम रेग्मीलाई उम्मेदवारी उठाउने निर्णय गरेको छ । निर्वाचनका लागि नेपाली काँग्रेसले प्रचारप्रसार कार्यलाई तीब्र बनाएको छ ।
२०७४ बैशाख १८ गते प्रकाशित