१९ बैशाख, रसुवा –
रसुवाको कालिका गाउँपालिका–२ मा स्थानिय निर्वाचन गराउन खटिएका एकजना निर्वाचन अधिकृतले आत्महत्याको प्रयास गरेका छन् ।
कालिका गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत सन्तोष गिरीले सोमबार राति आत्महत्याको प्रयास गरेका हुन् ।
डोरी लगाएर झुण्डिएको थाहा पाएपछि घरबेटी तथा गाउँलेले डोरी काटेका प्रहरीले बताएको छ । घाइते भएका गिरीलाई मंगलबार बिहानै उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
२०७४ बैशख १९ गते प्रकाशित