Fri. Jan 17th, 2025

यस्ता छन् धादिङको नीलकण्ठ नगरपालिकाका मुख्य तीन दलका मेयरका उम्मेदवार

nilkantha
१९ बैशाख,  धादिङ –

बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि धादिङ जिल्लामा मुख्य तीन दलले उम्मेदवारी छनौट गरिसकेका छन् ।

२ नगरपालिका र ११ गाउँपालिका सहित १३ वटै स्थानीय तहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार सार्वजनिक गरेको हो । गाउँपालिकामा भन्दा नगरपालिकामा मेहनतका साथ उम्मेदवार टुङ्गो लगाइएको जनाएका छन् ।

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा सबै तिनै दलले जिल्ला सदरमुकाम रहेकोले नीलकण्ठ नगरपालिकालाई विशेष रुपमा हेरेका छन् । नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले भीम ढुङगाना। नेकपा एमालेले अर्जुन कुमार श्रेष्ठ र माओवादी केन्द्रले मनराज भण्डारीलाई टिकट दिएका छन् ।

यी तीनै दलले निर्वाचनका लागि आ–आफ्नो तयारी गरिरहेको छ ।

२०७४ बैशाख १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: