१९ बैशाख, धादिङ –
स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणको चुनावका लागि मंगलबार धादिङ जिल्लामा उम्मेदवारी दर्ता भइरहेको छ ।
विहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेको छ । पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुन ३४ जिल्लाहरुमा हुँदैछ ।
धादिङ जिल्लाको दुई नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटै स्थानीय तहमा उम्मेदवारी मनोनयन कार्य संचालन भइरहेको छ ।
नीलकण्ठ नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसले भीम दुङगाना, नेकपा एमालेले अर्जुनकुमार श्रेष्ठ, माओवादी केन्द्रले शोभा डंगोल, नयाँ शक्तिबाट केशव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
फोटोहरु हेर्नुहोस्
२०७४ बैशाख १९ गते प्रकाशित