१९ बैशाख, धादिङ –
स्थानीय तह निर्वाचनका लागि धादिङका नगरपालिका र गाउँपालिकाको प्रमुखमा महिला उम्मेदवारले दर्ता गराएका छन् ।
नीलकण्ठ नगरपालिकाको मेयरका लागि माओवादी केन्द्रबाट शोभा डंगोल र ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा लक्ष्मी थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य दलहरुले प्रमुख पदमा महिलाहरुलाई उठाएका छैनन् । महिलाहरु उपप्रमुखमा नै सिमित भएका छन् ।
माओवादी केन्द्रको तर्फ बाट नीलकण्ठ नगरपालिकाको मेयरमा सिफारिस भएका मनराज भण्डारीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेसँग कार्यगत एकता हुने भएपछि उनले उपमेयरको उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७४ बैशख १९ गते प्रकाशित