शसि सिलवाल –
गाईको दुध खाने हो अब
याहाँ त गोरु ब्याउन थाले ।
नेपालले त नेपालकै कुरा सुन्न पर्थोनी
याहाँ त भारतको पो सुन्न थाले ।।
सुन तस्कर र गैडा तस्करले सरकार चलाउछन
न्यायालय माथि महाअभियोग लाउन थाले ।
नेपालि नेताले त नेपालकै गुलामि गर्नु पर्थोनी
याहाँ त भारतको गुलामि गर्न थाले ।।
हामि जस्ता नगरिक को के हुन्छ अब
याहाँ त डि.आई.जी. नै हराउन थाले ।
कस्तो होला नकावन्दीको बदलामा भारत लाइ
नेपालले पनि नाकावन्दी गर्न थाले ।।
सत्ता हातपार्न र सरकारमा जाँनकै लागि
याहाँ त मोदिजीलाई गुहार्न थाले ।
नेपाली हो भने त नेपालकै गुलामि गर्न पर्थाेनी
नेपाल बिर्सिएर भारतको गुलामि गर्न थाले ।।
२०७४ बैशाख १९ गते प्रकाशित