Sat. Jan 18th, 2025

धादिङमा एमाले उम्मेदवारद्धारा आत्महत्या

suicide
२० बैशाख,  धादिङ –

धादिङमा एमाले उम्मेदवारले आत्महत्या गरेकी छन् । मंगलबार दिउसो धुनीबेसी नगरपालिका वडा नं. ३ को दलिततर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले आत्महत्या गरेकी हुन् ।

साविकको जीवनपुर ७ थुम्की घर भएका मिजारले झुण्डिएर आत्महत्या गरेकी हुन् । वडा सदस्यमा उम्मेदवारी दर्ता गराएकी उनले नेकपा माओवादी केन्द्रको दबाब सहन नसकेर आत्महत्या गरेको हुन सक्ने एमालेका राजेन्द्र न्यौपालेने बताए ।

‘मलाई सारै थर्काइरहेको छ म के गरुँ होला भन्नुभएको थियो । केही हुँदैन नआत्तिनुस् भनेको थिए’ न्यौपानेले भने ‘माओवादीले ज्यान मार्ने धम्की दिएकै कारण घटना भएको हुन सक्छ ।’

उनले एमालेबाट उम्मेदवारी दिने चर्चा चलेदेखि नै माओावादीका कार्यकर्ताहरुले पटक पटक फोन गरेर थर्काउने, धम्की दिने गरेको एमालेले बताएको छ । उनले द्धन्द्धको बेलामा माओवादीलाई भोट हालेको भएपनि २०७० सालमा एमालेलाई भोट हालेका थिए ।

२०७४ बैशाख २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: