Sat. Jan 18th, 2025

पाँच वर्षभित्र प्रत्येक नागरिकको स्वास्थ्य बिमा :सुरेन्द्र पाण्डे

२० बैशाख,  चितवन –

पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पाँच वर्ष भित्रमा सवै नागरिकको स्वास्थ्य विमा गरिने बताएका छन् । नेकपा एमाले रत्ननगर चुनावी प्रचार प्रचार समितिले बुधवार रत्ननगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले स्वास्थ्यका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस भनेर स्वास्थ्य बिमा गर्न लागेको बताए ।

पाण्डेले नयाँ संरचना अनुसार नेकपा एमालेले आफ्नो घोषणा पत्रमा पाँच वर्षमा प्रत्येक नगरपालिकामा ५० शैया तथा प्रत्येक गाउँपालिकामा २५ शैयाको अस्पताल निर्माण गर्ने बताए । त्यस्तै ५ वर्षमा ५० हजार पर्यटक नेपाल भित्राउने,५० वटा जहाज खरिद गर्ने,वृद्धा भत्ता वढाएर पाँच हजार पुर्याउने,सुत्केरी खर्च १० हजार उपलव्ध गराउने लगायतका योजना एमालेले ल्याएको उनले बताए । देश समृद्धी वनाउने गरी एमालेले घोषणा पत्र ल्याएको छ, नेता पाण्डेले भनेः एमालेको नेतृत्वमा सरकार बने यि सवै प्रतिवद्धता पुरा गर्नेछौ ।

रत्ननगर नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार नारायण वनले रत्ननगरलाई देशकै नमुना नगरपालिका वनाउने उद्घोष गरे । संस्थापक मेयर समेत रहेका वनले पुनः आफु मेयरमा निर्वाचित भए नगरको दक्षिणि भेगलाई पर्यटकिय क्षेत्र,बीचको भागलाई व्यवसायिक क्षेत्र र उत्तरी भेगलाई आवासीय क्षेत्रको रुपमा विकास गर्ने बताए ।

२०७४ बैशाख २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: