Sat. Jan 18th, 2025

१३ हजार पदका लागि ४४ हजार उम्मेदवार, कुन पदमा कति परे ?

nirbachan-dhading6

२१ वैशाख, धादिङ  –

पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ ।

बुधबार साँझसम्मको तथ्यांक अनुसार, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुखमा एक हजार आठ सय ५६ ले उम्मेदवारी दिएका छन । त्यस्तै, उपप्रमुखमा करिब एक हजार तीन सय ७५ उम्मेदवार बनेका छन ।

नगरपालिका र गाउँपालिकाका वडाध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको प्रारम्भिक तथ्यांक छ ।

दुई खुला सदस्यका लागि १६ हजार ८३ ले उम्मेदवारी दर्ता गराएका छन । महिला सदस्यका लागि सात हजार नौ सय ९४ ले र दलित महिला कोटामा ६ हजार ६ सय ५४ ले उम्मेदवारी दिएका छन ।

स्थानीय तहबाट आएको यो तथ्यांकमा केही संख्या थप हुन सक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
नयाँ पत्रिका दैनिकबाट ।
२०७४ साल बैशाख २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: