Tue. Jan 14th, 2025

आइपिएलः पुणेसँग हार्‍यो कोलकाता

 

Rahul Ajay Tripathi of Rising Pune Supergiant during match 41 of the Vivo 2017 Indian Premier League between the Kolkata Knight Riders and the Rising Pune Supergiant held at the Eden Gardens Stadium in Kolkata, India on the 3rd May 2017 Photo by Ron Gaunt - Sportzpics - IPL

वैशाख २१ –

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा राइजिङ पुणे सुरपुजाइन्ट्स विजयी भएको छ । इडेन गाडेन्समा भएको खेलमा पुणेले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको हो ।

कोलकाताले प्रस्तुत गरेको एक सय ५६  रनको लक्ष्य पुणेले चार बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टायो । पुणेको जितमा राहुल त्रिपाठीले ९३ रन बनाए । यस्तै बेन स्टोक्सले १४ तथा अजिन्क्या राहनेले ११ रन बनाए ।  क्रिस वोक्सले ३ विकेट लिएपनि कोलकातालाई जिताउन भने सकेनन।
घरेलु मैदान इडन गार्डेनमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५५ रन बनाएयो । कोलकाताका लागि मनिष पाण्डेले ३७ र कोलिन डी ग्रान्डोम्मेले ३६ रन बनाए ।

जितसँगै पुने अंकतालिकाको तेश्रो स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट १४ अंक भएको छ । दोस्रो स्थानको कोलकाताको पनि ११ खेलबाट १४ अंक नै छ ।
२०७४ साल बैशाख २१ गते प्रकाशित

About The Author