Sat. Jan 18th, 2025

विमलेन्द्र निधिको राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने

bimalendra-nidi

२१ बैशाख, धादिङ –

विमलेन्द्र निधिले उपप्रधान तथा गृहमन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा फिर्ता गरेर जिम्मेवारीमा फर्किन आग्रह गरेपछि राजिनामा फिर्ता लिएका हुन् ।

लगतै उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । गृहमन्त्रीबारे नै बुधबार राति अबेरसम्म कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलमा सभापति देउवाले निधीलाई राजीनामा फिर्ता लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए ।

२०७४ साल बैशाख २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: