२१ वैशाख, काठमाडौं –
राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय चुनावमा मतदान नगर्ने भएकी छन् ।
यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले चुनावमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले त्यस्तो निर्णयमा पुग्नुभएको उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।
राष्ट्रपति भण्डारीको नाम काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३, चपलीको मतदाता नामावलीमा रहेको छ । रासस