मनिष दुवाडी / २१ बैशाख, धादिङ –
स्थानिय तहको निवार्चन अन्तरगत धादिङको नीलकण्ठ नगरपालिका वडा नंम्वर ७ बाट सासु बुहारी नै फरक फरक पार्टीबाट उम्मेद्धार बनेका छन् । एउटै घरका सासुबुहारी भएपनि उनीहरु दुइ फरक फरक राजनैतिक पार्टीबाट दलित महिला सदस्यमा उम्मेद्वारी दिएका छन् ।
सासु चिनिमाया परियारले नेकपा एमाले पार्टीको नीलकण्ठ नगरपालिका वडा नं ७ बाट दलित महिला सदस्यमा उम्मेद्वारी दिएका छन् । भने उनकी बुहारी कल्पे परियारले नेकपा माओवादी केन्द्रबाट सोही वडामा दलित महिला सदस्यमा उम्मेद्वारी दिएकी छन् ।
६८ बर्षकी चिनिमाया आफु जन्मेदेखी नै नेकपा एमालेमा मतदान गर्दै आइरहेकोले छोराबुहारी जता लागेपनि आफले एमाले नै भएकाले नेकपा एमालेको तर्फबाट आफुलाइ उम्मेद्वारी दिन आग्रह गरेपछि उमेद्वार बनेको बताइन् । त्यस्तै चिनिमायाकी बुहारी कल्पेले पनि श्रीमान नेकपा माओवादीको राजनिति गर्ने भएकाले आफुले माओवादी केन्द्रबाट उम्मेद्वारी दिएको बताइन् । चिनिमायाले भनिन् ‘बुहारी विहे गरेर यो गाउँमा आएकी नयाँ मान्छे नयाँ पार्टीमा लागेका होलीन, छोराले सोधेको त थियो तर तिमिहरु तिम्रो सुर गर भन्दिए ।’
देशका ठुला राजनैतिक दलहरु एकआपसमा मिल्न नसकिरहेको बेला अझ रोचक कुरा त के छ भने उहाँहरु दुवैजनाले सल्लाह गरेरै फरक फरक पार्टीबाट उठेका हुन् । चिनिमायाकी छोरा एवं कल्पनाकी श्रीमानले गोविन्द परियारले भने, ‘जनयुद्ध कालदेखी म माओवादी राजनिति गर्थे, आमाले सुर्यलाइ भोट हाल्दै आउनुभएको रहेछ । आमाको स्वतन्त्रताका कुरा भएकाले हामीले आमाको अधिकार हनन गर्न चाहेनौँ । सल्लाह गरेरै आमालाइ मन लागेको पार्टीबाट उठ्नोस भनेका हौँ ।’
गोविन्द नेकपा माओवादी केन्द्र धादिङको जिल्ला कमिटि सदस्य छन् । सासु बुहारी नै फरक फरक पार्टीबाट उठेपछि गाउले र छरछिमेकले सधै घर झगडा हुन्छ होला है भनेर जिज्ञासा राख्ने गरेको गोविन्दले बताए । ‘सासु बुहारी फरक फरक पार्टीबाट उठेको भएपनि अरुले शंका गरेजस्तो हाम्रो परिवारमा पारिवारिक बेमेल छैन ।’ गोविन्दले भने, ‘राज्य दिएको सुविधा हो, सासु बुहारी जतासुकै उठेपनि परिवार मिल्य भइगयो नी ।’
यता सिद्धालेक गाउँपालिकामा पनि आमाछोरी फरक फरक पार्टीबाट उम्मेद्धार बनेका छन । सिद्धालेक गाउँपालिकाको वडा नं १ मा सरिना सिलवाल भट्टराइ नेपाली काँङग्रेबाट महिला सदस्यमा उम्मेद्वारी दिएकी छन् । भने सोही गाउँपालिकाको उपप्रमुखमा राप्रपाबाट सरिनाकी आमा ज्ञानुमाया सिलवाललेउम्मेद्धारी दिएका हुन् ।
त्यस्तै नीलकण्ठ नगरपालिकाको वडा ७ मा नेपाली काङग्रेसबाट गौतमहरि अधिकारीले वडा अध्यक्षमा उम्मेद्धारी दिएका छन् भने उनकै दाजु शिवहरि अधिकारीले नीलकण्ठ नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्धारी दिएका छन् ।
२०७४ बैशाख २१ गते प्रकाशित