२१ बैशाख, धादिङ –
धादिङमा मेरो वर्ष २०७४ ः म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान सुरु भएको छ ।
नयाँ वर्षको अवसर पारेर वैशाख १ गते ‘म स्वस्थ–मेरो देश स्वस्थ’ भन्ने मूल नारासहित अभियान घोषणा भएको थियो। र बिहिबारदेखि दैशेभर यो अभियान सुरु गरिएको हो ।
विहिबार अभियान अन्र्तगत धादिङबेसीको सिरानबजारबाट मर्निङ वाक कार्यक्रम गरिएको छ । साथै जिल्ला अस्पताल धादिङमा स्वास्थ्इ जाँच गरिनुका साथै अभियानको बारेमा जानकारी गराइएको थियो ।
सरकारले अभियानका रुपमा सर्वसाधारणलाई स्वास्थ्यप्रति सजग रहन म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ पोषिलो, खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छौँ भन्ने पाँच प्रतिबद्धता गरी पालना गर्न आग्रह गरेको छ ।
ग्रामीण भेगमा ७४ प्रतिशतमा घर परिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर पारिरहेको मन्त्रालयको तथ्याङ्क छ । अत्यधिक विषादीको प्रयोग, मिसावटयुक्त खाद्यवस्तु, अस्वस्थ असन्तुलित खानपिन शैली पनि अर्को समस्या रहेको छ ।
२०७४ बैशाख २१ गते प्रकाशित