२२ बैशाख, धादिङ –
आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।
दुई दलले स्थनीय तहको निर्वाचनका लागि नगर र गाउँपालिकामा भागबण्डा गरेर तालमेल मिलाएको हो ।
२ नगरपलिका र ११ वटा गाउँपालिका रहेको धादिङ जिल्लामा १ वटा नगरपालिका र ५ वटा गाउँपालिकाहरुमा प्रमुख र उपप्रमुखको भागबण्डा मिलाएको दुवै दलले बताएको छ ।
नीलकण्ठ नगरपालिकाको मेयरमा काँग्रेसका भीम ढुङगाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी छन् । दुई पार्टीबीच तालमेल मिलेपछि काँग्रेसबाट उपमेयरमा उम्मेदवारी दिएका कल्पना अधिकारीले मनराज भण्डारीलाई सघाएका छन् भने माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका शोभा डंगोल श्रेष्ठले काँग्रेसका भीम ढुङगानालाई सघाउने भएका हुन् ।
त्यस्तै चुनावी तालमेलपछि गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा काँग्रेसका शर्मिला विसुराल, बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका हरि डल्लाकोटी र उपाध्यक्षमा काँग्रेसका देविप्रसाद सिलवाल रहेका छन् ।
त्यस्तै थाक्रे गाउँपलिकाको अध्यक्षमा माओवादी केन्द्रका जीन्दगी थापा, उपाध्यक्षमा काँग्रेसका रामकुमार लामा, ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका विनोद तिमिल्सीना र उपाध्यक्षमा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठ, गल्छी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका विनोद कार्की र उपाध्यक्षमा माओावदी केन्द्रका मीरा झ्यारी रहेका छन् ।
२०७४ बैशाख २२ गते प्रकाशित