२२ बैशाख, चितवन –
नारायणगढ–मुग्लिन सडक खण्ड यही वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म बन्द नहुने भएको छ ।
स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई आवातजावतमा सहज बनाई दिन वैशाख २५ देखि जेठ ३ गते सम्म नारायणगढ–मुग्लिन सडक खण्ड कुनै पनि बेला बन्द नहुने बताइएको छ ।
आयोजनाले अहिले कामलाई द्रुत गतिमा अघि बढाउन विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्दै आईरहेको छ । यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएपछि सहजताको लागि सडक खुल्ला गरिन लागिएको हो ।
२०७४ बैशाख २२ गते प्रकाशित